दक्षिण कोरियामा नेपाली कामदारको तलब बढ्यो, यति पुग्यो न्युनतम तलव..

दक्षिण कोरियाली सरकारले कामदारको तलबमा वृद्धि गरेको छ । सन् २०१८ का लागि सरकारले तलबमा १६.४ प्रतिशतले वृद्धि गरेको हो । कोरियाको ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको हो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर नयाँ वर्षसँगै लागु हुनेछ । निर्धारित नयाँ पारिश्रमिक अनुसार कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वन भएको छ । दैनिक आठ घण्टाको न्यूनतम तलब १५ लाख ७३ हजार ७७० वन भएको छ । हालको विनिमय दर अनुसार उक्त पारिश्रमिक मासिक डेढ लाख रुपयाँ बढि हुनेछ ।

मजदुर संगठनहरुले प्रतिघण्टा दश हजार वन माग गरिरहेका थिए । ज्याला निर्धारण समितीले २०१७ का लागि कायम तलब भन्दा दोब्बर गरेको छ । मजदुरहरुका माग प्रति सकरात्मक देखिएका वर्तमान राष्ट्रपति मुन्जेको सरकारले तलब वृद्धिलाई प्राथमिकता दिएको छ ।

अधिकांश कम्पनीहरुमा अतिरिक्त काम पनि हुनाले कामदारहरुको मासिक कमाई सन् २०१८ मा २ लाख रुपँया बढि हुनेछ । अतिरिक्त काम भएको अवस्थामा कामदारले प्रतिघण्टा ११ हजार २९५ वन प्राप्त गर्नेछन् । नयाँ तलबले स्वदेशी तथा इपिएस लागु भएका १६ देशका कामदारहरु लाभान्वित हुनेछन् । दक्षिण कोरियामा ४० हजार नेपाली युवाहरु रोजगारीका लागि पुगेका छन् । नेपाली कामदारहरुका लागि रोजगारीका लागि कोरिया रोजाईको स्थान समेत बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?