आईतवार टोकियोमा नेपाली चलचित्र ‘फाटेको जुत्ता’ प्रदर्शन हुने

टोकियो । जापानको विभिन्न शहरमा नेपाली चलचित्र फाटेको जुत्ता प्रदर्शनमा आउने भएको छ ।

जापानमा चलचित्रको प्रदर्शनको लागि नमस्ते टोकियो टिभीले राईट्स लिएको हो ।

यहि नोभेम्वर ५ (आईतवार) टोकियोस्थित नाकानो जिरो हलमा ६ बजे चलचित्र फाटेको जुत्ता प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?