जापानमा सुरू भयो बिरालोका लागि छुट्टै रेल सेवा

टाेकियाे । जापानीहरूलार्इ अत्याधीक मनपर्ने जनावर हाे बिरालो । उनीहरू बिरालाेलाइर्ला अती माया गर्छन् र  त्यही प्रेमका कारण आइतवारदेखि जापानमा बिरालोहरूका लागि विशेष रेलसेवा पनि सञ्चालनमा अाएकाे छ ।


जापानको ओगाकीमा आइतवार मानिसहरूले रेलवे अपरेटरसँग मिलेर एउटा लोकल ट्रेन चलाए । त्यसमा पहिलो दिन ४० यात्री चढे । यी ४० मध्ये ३० ले बिरालोका साथ यात्रा गरे ।

यस अवसरमा यात्रीहरूले बिरालोसँग खुबै मस्ती गरे । यो रेल चलाउनुको मुख्य उद्देश्य बिरालोको हत्या रोक्नका लागि मानिसहरूलाई जागरुक गराउनु हो । यसबाट हुने कमाइले शहरका बिरालोहरूको स्याहार गरिनेछ ।

पश्चिम जापानका एक यात्री मिकिको हयाशीले भने, ‘यो आयोजनले धेरै मानिस जागरुक हुनेछन् र बिरालोको हत्या रोक्नेछन् ।’ जापानमा बिरालोको संख्या लगभग १० लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?