जापानी प्रधानमन्त्रीलाई भेटेपछि बेलायती प्रधानमन्त्रीले भनिन्–अब हामी ब्युझनुको विकल्प छैन

टोकियो । यतीबेला जापानको राजकीय भ्रमणमा रहेकी बेलायती प्रधानमन्त्री बेलायती टेरेसा मेले अब चौविसै घण्टाविश्व ब्युझन आवश्यक रहेको बताएकी छिन् । उत्तर कोरियालेनिरन्तर रुपमा मिसाइल प्रहार गरिरहेकाले बाँकी विश्व सुरक्षाका लागि चनाखोहुनुपर्ने उनको भनाई छ ।

उनले उत्तर विरुद्ध दबाब बढाउन बेलायतले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छन् । जापान भ्रमणमा रहेकी मेले चीनले पनि उत्तर कोरियालाई आणविक कार्यक्रमविरुद्ध दबाब दिनुपर्ने पनि बताइन् ।

बिहीबार मात्रै जापानी प्रधानमन्त्रीसिन्जो आबेसँग शिष्टाचार भेटवार्ता गरेकी मेले उत्तर कोरियाको आणविक हतियार उत्पादन र प्रक्षेपण विश्व कानुनको विपरित रहेको बताउँदै उत्तरको आतंक बन्द हुनुपर्ने बताइन् ।

उनले अमेरिका, जापान र दक्षिण कोरियालाई आफुहरुको पुर्ण समर्थन रहने र चिनियाँ पक्षले पनि यो अभियानमा साथ दिने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?