रसियाले भन्यो–कोरियाली प्रायद्वीपमा शान्तिका लागि उपाय छ, त्यो हो वार्ता

टोकियो । रुसले कोरियाली प्रायद्वीपमा व्याप्त तनावलाई साम्य पार्न सैनिक बलको सट्टा वार्ता र सम्झौता आवश्यक रहेको बताएको छ ।
रुसले जापान, अमेरिका र दक्षिणकोरियालाईसंयमित भएर शान्ति वार्ता थाल्न पनि आग्रह गरेको छ । प्योङयाङद्वारा मङ्गलबार गरेको क्षेप्यास्त्र परीक्षण पछि एक उच्च रसियाली नेता तथा सांसदले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्योङयाङविरुद्ध सीमा क्षेत्रमा युद्धकविमान तैनाथ गरेर भन्दा वार्ताका माध्यमबाट सहमतिको खोजी गर्नुपर्छ, रसियाली संसद डोमाका अन्तर्राष्ट्रिय सम्बन्ध मामिला समितिका प्रमुख लियोनिद स्लटस्कीको शब्द उद्धृत गर्दै इन्टर फ्याक्स न्युज एजेन्सीले बताएको छ ।”

उनको भनाइ मङ्गलबार करिब १० बजेको समयमा उत्तर कोरियाले आफ्नो पूर्वी सामुद्रिक इलाकामा एक क्षेप्यास्त्रको परीक्षण गरेको सैनिक सहप्रमुखद्वारा बताएपछि आएको हो । कोरियाले क्षेप्यास्त्रले एक महादेशबाट अर्को महादेशसम्म आक्रमण गर्नसक्ने हतियारको परीक्षण गरेको बताउँदै यो सफलता प्योङयाङका लागि कोसे ढुङ्गा सावित हुने बताएको थियो ।

यसैबीच रसियाली रक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको रेकर्ड गरेको जनाएको थियो ।

क्षेप्यास्त्र परीक्षण रसियाली सीमाको विपरित दिशामा गरिएको र यसबाट रसियालाई कुनै खतराको सिर्जना नगरेको विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले उत्तर कोरियालाई क्षेप्यास्त्र प्रविधि तथा आणविक परीक्षण वा अन्य कुनै उत्तेजित गतिविधि सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?