जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस नारासहित फुकुओकामा पनि सेवा सुरु, एक महिना निशुल्क

टोकियो । जापानको फुकुओकामा पनि सिटी एक्सप्रेस मनी ट्रन्सफरले आफ्नो सेवा विस्तार गरेको छ । जापानबाट पैसा पठाउने सहज माध्यमका रुपमा स्थापित सिटी एक्सप्रेसले फुकुओकामा पनि कार्यालय सञ्चालनमा ल्याएपछि त्यहाँका नेपालीहरुलाई सहज हुने भएको छ ।

जुलाई एक तारिखका दिनदेखि फुकुओकामा सिटी एक्सप्रेसले आफ्नो कार्यारम्भ गरेको हो । ग्रुपका अध्यक्ष महेशकुमार श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरे ।

उद्घाटन समारोहमा फुकुओकामा बसोबास गर्दै आएका करिब दुई सय नेपालीहरुको सहभागिता रहेको थियो ।

जापानबाट नेपाल पैसा पठाउने सबैभन्दा भरपर्दो र जापानकै पहिलो नम्वरको सिटी एक्सप्रेस हप्ताको सातै दिन बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा आउने छ । कम्पनीले शाखा सञ्चानलको अवसरमा यो महिनाभर निशुल्क रकम पठाउन पाउने ब्यवस्था समेत मिलाएको छ ।

यस्तै एउटै छानाबाट सेवा दिने उद्देश्यले उक्त भवनमै सिटी ट्राभल्स एण्ड टुर्सले पनि कार्यारम्भ गरेको छ । नेपाल जाने हवाई टिकट लिनका लागि अब नेपालीहरुले झण्झट ब्यहोर्नु नपर्ने भएको छ ।

यो सेवारम्भबाट फुकुओकामा रहेका नेपालीहरुलाई रकम पठाउनेर हवाईटिकट लिने समस्या समाधान हुने कम्पनीले विश्वास लिएको छ । सिटी एक्सप्रेससँग जोडिनका लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

810-0073 Fukuoka-Ken, Fukuoka-Shi, Chou-Ku, Maizuru, 1-8-34 Erve Maizuru (Near Tenjin Station, Oyafuku Dori) Tel: 070-3232-6902 (Direct) 080-9465-8341 03-4582-6976

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?