फुजी हिमाल देख्नुभएको छ ? पर्वतारोहण गर्न चाहनेहरुका लागि सुरु भयो समय

टोकियो । जापानको यामानाशीस्थित फुजी हिमाल आरोहणको मौसम सुरु भएको छ । जापानको सबैभन्दा अग्लो पर्वतका रुपमा रहेको यो पर्वतारोहणका लागि जुलाई दश देखि उपयुक्त मानिएको छ । सन् २०१३ मा यो पर्वत युनेस्कोले विश्व धरोहर स्थलका रुपमा दर्ता गरेको छ ।

यो हिमाल आरोहणका लागि एक हजार जापानी येन प्रवेश शुल्क लाग्छ । यो रकम यो पर्वतको संरक्षणका लागि खर्च गरिन्छ ।

स्थानीय सरकारले पर्यावरण संरक्षणका लागि निश्चित पर्यटकहरुलाई मात्र एक पटकमा प्रवेश गराउने तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?