आफ्नै माटो विरानो भएपछि…यसरी भक्कानीए जापानी अधिकारी

टोकियो । जबरजस्ती रुपमा रुसले कब्जामा लिएको आफ्नै भुमिमा पुगेका जापानी प्रतिनिधि मण्डलका सदस्यहरु भाबविह्वल देखिएका छन् । रुसद्धारा कब्जामा लिइएका विवादीत चार टापुहरुमा संयुक्त आर्थिक परियोजना सुरुवातको सम्भाब्यता अध्ययन सुरु गर्न त्यहाँ पुगेका जापानी प्रतिनिधि मण्डल आफ्नै माटो पनि पुरानोरविरानो भएकोभन्दै भाबुक बनेका थिए।

यी चार द्धिप दोस्रो विश्वयुद्ध पहिले जापानको अधिनमा थियो भने अहिले पनि जापानले आफ्नो उत्तरी अंग दाबी गर्दै आइरहेको छ ।

मंगलबार उत्तरी जापानको नेमुरोबाट प्रस्थान गरेका अध्ययन टोलीका सदस्यहरु बुधबार र बिहीबार ती टापुका विभिन्न स्थानमा पुगेका छन् । उक्त द्धिपहरुमा सरकारी अधिकारी, व्यावसायी र लगानीकर्ता सहित करिब ७० जना जापानीहरु पुगेका हुन् ।

उक्त प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री सिन्जो आबेका विशेष सल्लाहकार एइची हासेगावाले गरेका छन् । पाँच दिने अध्ययनमा निस्किएको टोलीले शनिबार आफ्नो काम सम्पन्न गर्ने छ ।

अघिल्लो वर्षको डिसेम्बरमा प्रधानमन्त्री आबे ररुसीराष्ट्रपति भ्लादिमिर पुटिनबीच संयुक्त आर्थिक गतिविधि सञ्चालन गर्ने’दयगत सहमति पत्रमा हस्ताक्षर भएको थियो । उनीहरु कुशानीरीको सबैभन्दा ठुलोसहर फुरुकामाप्पुमा छन् ।

त्यहाँ रहेका पुर्व जापानी नागरिकहरुको इच्छा अनुसारको व्यावसायमा लगानी गर्नेबारेमा छलफल केन्द्रीत भैरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?