मोडल श्रेष्ठ र लिम्बुद्वारा अभिनित ‘आधी आधी’ गीतको छायांकन सम्पन्न

टोकियो । पछिल्लो समय जापानमा म्युजिक भिडियो बनाउने क्रम बढिरहेको छ । यसै बीच योकोहामाको रमणीय स्थानहरुमा नेपाली म्युजिक भिडियोको छायांकन सम्पन्न गरिएको छ ।

गायक बादल लिम्बु र गायिका अमृता लिम्बुद्वारा स्वरबद्व ‘आधी आधी बाढे हरेक कुरा’ बोलको गीतको छायांकन गरिएको हो ।

सो गीतमा संगीत तारा प्रकाश लिम्बुले दिएका छन् भने म्युजिक भिडियोको निर्देशन रोशन कार्कीले गरेका छन् ।

सो म्युजिक भिडियोमा जापानमै व्यवसाय गरिरहेका व्यवसायी तथा मोडल उतम श्रेष्ठ र वेलायतबाट जापान आएकी मोडल अनिता लिम्बुको समेत अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्माता प्रकाश पौडेल र ग्लोबल गोर्खा नेप्लिज काउन्सिल जापान रहेको छ । म्युजिक भिडियोका लागि सिद्वार्थ श्रेष्ठले लोकेशन छनौट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?