सयौं सर्वसाधारणकै अगाडी जापानले गर्यो पीएसी–३ पतिरक्षा प्रणालीको परिक्षण

टोकियो । जापानको वायु आत्मरक्षा वलले स्थलमा आधारीत पीएसी–थ्री नामक क्षेप्यास्त्र प्रतिरोधी मिसाइलको तैनाथ गरेको छ ।

बुधबार आम सर्वसाधारणकै सामुन्ने यो प्रविधिको जडान गरिएको छ ।उक्त समारोहमा सयौं सर्वसाधारणलाई आमन्त्रण गरिएको थियो ।

ब्यालेस्टीक मिसाइल प्रतिरोधात्मक क्षमताको बुधबार टोकियो महानगर क्षेत्रमा प्रदर्शन समेतगरिएको थियो । पीएसी–३ प्रणालीको मोबाइल लञ्चर तथा राडारसहित ९ वटा बहानलाई परिक्षणमा सहभागि गराइएको थियो ।

यो अभ्यास उत्तर कोरियाले निरन्तर मिसाइल परिक्षण गरिरहेकाले गरिएको जापानको रक्षा मन्त्रालयले जनाएको छ ।

पछिल्लोसमय आम साधारण उत्तरको आतंकबाट आजित भएकाले उनीहरुको मनोबल उच्च बनाउनका लागि पनि समारोहमा सर्बसाधारणलाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?