टोकियो । जापानको विभिन्न स्थानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोस्ट’ सामाजिक संजाल युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।
ओम प्रकाश गुरुङद्वारा निर्देशित छोटो चलचित्रको लेखन सुरेश रेग्मीको रहेको छ भने मुख्य भूमिकामा मुक्ति बाबु सुवेदी, विक्रम अर्याल, सुरेश रेग्मी लगायतको अभिनय रहेको छ ।
यसका निर्माताहरु इश्वरी कँडेल र सुक बहादुर केसी रहेका छन् ।