जापानी विदेश मन्त्री भन्छन्–हाम्रा लागि अबका दिन झन् सहज

टोकियो । जापानका विदेश मन्त्री फुमिओ किशिदाले उत्तर कोरियामाथि एक साथ दवाव दिनका लागि दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जे–इनसँग आग्रह गर्ने बताएका छन् ।
किशिदाले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

यसअघि बिहीबार संसदको माथिल्लो सदनमा सम्बोधन गर्दै उनले दक्षिण कोरियामा जापानका लागि सहज मानिएका व्यक्ति निर्वाचित भएको बताएका थिए ।

किशिदाले उत्तरकोरियाको आतंक अन्त्यका लागि सबैभन्दा पहिला जापान र दक्षिणकोरियाका बीचमा एक मत हुनुपर्ने बताए ।

उनले अमेरिका, रुस तथा चीनले पनि योअभियानमा साथ र सहयोग गर्ने पनि बताएका छन् ।

उनले उत्तरलाई निशस्त्र पार्नका लागि राष्ट्रसंघ मार्फत् पनि काम भैरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?