जापान। सन् २०२० मा हुने प्याराओलम्पिक खेललाई प्रोमोट गर्ने उदेश्यले आयोजना गरिएको दुई दिने कार्यक्रममा टोकियो गभर्नर युरिको कोईके सहभागी भएकी छिन् ।
टोक्यो ओलम्पिकको उद्घाटन समारोह भनि आयोजना गरिएको कार्यक्रममा कोईकीले व्हिलचेयर टेनिस खेलिकी थिईन् ।
व्हिलचेयर टेनिस खेल्ने खेलाडीहरु उपस्थित कार्यक्रम पछी सम्बोधन गर्दै कोईकीले दुई दिने कार्यक्रमले प्याराओलम्पिकको लागि उर्जाको काम गरेको बताईन् ।
साँझको ६ बजे समापन भएको दुई दिने कार्यक्रममा अन्धाहरुको फुटबल, ह्वीलचेयर बास्केटबल, टेनिस लगायतका खेलहरु खेलाईएका थिए ।
कार्यक्रममा सहभागी अन्य अतिधि तथा दर्शकहरुले ओलम्पिक खेलकुदको सम्भावना र चुनातिहरु बारे दुई दिने कार्यक्रमले शिक्षा दिएको बताएका छन् ।