फुकुशिमास्थित आणविम भट्टी नजिकै पुग्यो डढेलो, नियन्त्रण मुस्कील,आणविक भट्टीमै पुग्यो भने ?

टोकियो । जापानको फुकुशिस्थित आणविक भट्टी समेत रहेको जंगलमा भिषण आगलागी भएको छ ।
शनिबारदेखि सुरु भएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । जंगलकै छेउमा विशाल आणविक भट्टी रहेकाले निकै जोखीम मानिएको छ ।

फुकुशिमाको जुमन पहाडबाट सुरु भएको डढेलो नियन्त्रणको प्रयास जारी रहे पनि नियन्त्रणमा समस्या देखा परेको अग्नी नियन्त्रकहरुले जनाएका छन् ।

फुकुशिमा प्रान्तीय सरकारले डढेलो नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको छ । सोमबार बिहान हल्का हावा चलेकाले आगो झन् फैलिएको छ ।

आगलागी नियन्त्रण हुन नसके आणविक भट्टीमा क्षती पुग्ने र यो विष्फोट भए ठुलो क्षती हुने भएकाले अग्नी नियन्त्रकहरुले विशेष योजनाका साथ डढेलो नियन्त्रण थालेका छन् ।

डढेलो नियन्त्रणका लागि कम्तिमा दश वटा वर्षा गराउने हेलिकप्टर सहित सयौं प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?