जापानका नेपालीहरु माझ आउँदै “सायद २” , विशेष प्रदर्शनीको लागि सम्पूर्ण तयारी पुरा

टोकियो । जापानको राजधानी टोकियोमा नेपाली चलचित्र “सायद २” प्रदशन गरिने भएको छ । चलचित्र निर्माताहरुले मे १४ मा टोकियोमा विशेष प्रदशनी गर्ने भएका हुन्  ।

दुर्गिश फिल्मको ब्यानरद्वारा निर्मित चलचित्रमा सुशिल श्रेष्ठ , श्यारोन श्रेष्ठ , अमृत ढुंगाना , सोभित बस्नेत , कुशल पाण्डे , सुनिल रावल , निशा कार्की , रुबिना श्रेष्ठ , बुद्धि लाल मगर लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

चलचित्रका निर्माता सुनिल रावलले प्रिमियर सो को सम्पूर्ण तयारी पुरा भैसकेको बताएका छन् । टोकियो स्थित नाकानो जिरो हलमा आयोजना गरिन लागेको प्रिमिएर शो मा सहभागी हुनको लागि चलचित्रका निर्माता सुनिल रावलको नेतृत्वमा प्रस्तोता दुर्गिश थापा , अभिनेता सुशील श्रेष्ठ का साथै कलाकार तथा पत्रकार टोली साथमा पत्रकार श्याम १० मा जापान आउने भएका छन् ।

जापानमा रहेका नेपाली चलचित्र प्रेमीहरुको विशेष मागका कारण “सायद २ ” जापानमा प्रदशन गर्न लागेको निर्माता ईश्वर श्रेष्ठले बताएका छन् । चलचित्र प्रर्दशन बाट संकलन भएको रकमको केहि अंश जापानमा रहेका सुदूर पश्चिमका जेहेन्दार विद्यार्थीहरुको छात्रवृतिको लागि सहयोगका लागि खर्च गरिने समेत निर्माता श्रेष्ठले जानकारी दिएका छन् ।

अधिकतम सफलता हासिल गरेको चलचित्र “सायद” को सिक्वेलको रुपमा निर्माण गरिएको चलचित्र “सायद २” ले अहिलेको युवा पुस्ताको ताजा कथा बोल्छ ।

 

युवा पुस्ताको अहिलेको समस्या र समाधानको साथमा सबैलाई केहि गहकिलो सन्देश समेत चलचित्रले प्रदान गर्ने निर्माण पक्षको दाबी रहेको छ । चलचित्रमा सुनिल रावलको कथा , राजु विक्रम थापाको छायांकन , अष्ट महर्जनको द्वन्द र गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

यस्तै जापानमा आयोजना हुन लागेको उक्त बिशेष प्रदर्शनी शो मा उपस्थित हुनको लागि निर्माण पक्षेले सबैलाई हृदय देखि नै बिनम्र अनुरोध गरेको छ  । पुष्पराज टि न्यौपाने द्वारा लेखन तथा निर्देशन रहेको “सायद २” नेपालमा भने असार ३० देखि प्रदशनमा आउने बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?