बल्ला अफ्ठेरोमा पर्यो उत्तर कोरिया, जापानी युद्धपोत कोरिया प्रायद्धिप घुम्दै

टोकियो । एक अमेरिकी विमान वाहक युद्ध पोत तथा अन्य जहाजका साथ कोरियाई प्रायदिपमा जापानले दुई ध्वंसात्मक जहाज परिचालन गरेको छ । पश्चिमी जापानको एक बन्दरगाहबाट ती युद्धपोत विमान सहितका जहाज रमाना भएका हुन् ।

जापानको रक्षा मन्त्रालयले अमेरिकी विमान वाहक युद्ध पोतको साथ जापानी जहाजहरुले संयुक्त अभ्यास गर्ने जनाएको छ । शुक्रबार बिहानै नागासाकी क्षेत्रमा समुद्री आत्म रक्षा बलका दुई ध्वंसात्मक जहाज रमाना भएका हुन् ।

बिहीबार मात्रै ह्वाइट हाउसका प्रवक्ताले युएसएस कार्ल विन्स लडाकु विमान सहितको युद्ध पोत कोरियाई प्रायदिप निरिक्षणमा जाने बताएका थिए ।

अब जापान र अमेरिकी संयुक्त सैन्य अभ्यासका कारण कोरिया प्रायद्धिमिा स्थिरता आउने जापानको विश्वास छ । उत्तर कोरियाले अमेरिका र जापानको पछिल्लो गतिविधिको कुनै पतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?