छोड्न धेरै गाह्रो !

कविकिरण न्यौपाने
धेरैलाई आफ्नो पद छोड्न गाह्रो हुने गर्छ । सायद त्यस्तै भएको छ जापानको पत्रकार महासंघलाई पनि ।

नयाँ कार्य समिति निर्माण भएको दुई साता पुग्दा समेत कार्यभार हस्तान्तणको अत्तोपत्तो छैन । पद हस्तान्तरण हुन ढिला हुदाँ सञ्चार कर्मी मात्र नभई जापानको नेपाली समुदायमा पनि टिका टिप्पणी हुन थालेको छ ।

निवर्तमान समितिका केही पदाधिकारीहरु पुरानो कोषाध्यक्ष नेपाल भएकोले ढिलाई भएको तर्क गरीरहेका छन् । साथै पत्रकार महासंघमा निर्वाचित भएपछि अन्य संघसंस्थाहरुको जिम्मेवारी छोड्नु पर्ने पत्रकार महासंघ जापानको आचारसंहिता भएको र सो अनुसार नयाँ समितिका पदाधिकारीहरु अन्य संस्थाको पद त्याग नगरेर ढिलाई भएको निवर्तमान अध्यक्षको तर्क आएको छ ।

कहिलेकाही हाम्रा गतिविधिले म आफै कन्फुजमा पर्ने गर्छु । कोषाध्यक्ष नहुदा अधिवेशनमा उहाका प्रतिनिधिले आर्थिक प्रतिवेदन पेस गरेर अनुमोदन हुन हुने, तर पद हस्तान्तरण गर्दा चाँही पुरानो कोषाध्यक्ष चाहिने भन्ने केवल वखडा मात्र हो ।

नयाँ निर्वाचित पदाधिकारीहरुले पनि महासंघको आचारसंहिता अनुसार अरू संस्थामा पद त्याग गर्न किन ढिला ? कति प्यारो छ है पद । एउटा कुरा के वुझ्न जरुरी छ भने संसारमा रुप, बल र पद कहिले पनि स्थायी हुदैन । यो एउटा निश्चित अवधिका लागि हो l अनि एउटै व्यक्तिलाई जहासुकै पद चाहिने ।

कति पदका भोगी छैौं है हामी ! नयाँ वनेको कार्य समितिले नयाँ जोश जागरसहित कार्य गर्ने भनि रहदाँ अधिवेशनमा पराजित भएकावाट नयाँ जोगीले धेरै खरानी धस्छ भन्ने टिप्पणी पनि सोभनीय भएन ।

काम गर्छु भन्ने लाई त उत्साह पो प्रदान गर्नु पर्छ होईन र ? निवर्तमान अध्यक्षले त म यो भारी विसाउन आतुर छु, कहिले पद हस्तान्तरणको कार्यक्रम राखौं भन्नु पर्नेमा यो भएन, उ भएन भनेर समय विताउनु राम्रो होइन । पत्रकार महासंघ जापानमा नयाँ समितिमा आउनु भएका साथीहरू अवश्य पनि नैतिकवान हुनुहुन्छ । र पद हस्तान्तरणको मिति तोकियोस , हस्तान्तरण कार्यक्रम अगाडि नै अन्य संघसंस्थामा रहनु भएका साथीहरूले त्यहाँको जिम्मेवारी अवश्य छोडनु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?