अमेरिकी उपराष्ट्रपति माईकको जापान भ्रमणमा के के भयो ? (फोटोफिचर सहित )

जापान। जापान भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति माईक पेन्सले एशियामा उत्तर कोरियाको र अन्य चुनौतीहरुलाई डटेर सामना गर्ने बताएका छन् ।

अमेरिका र जापानका उच्च पदाधिकारीहरु संगको बैठकमा उनले एशिया प्यासिफिक क्षेत्रको शान्ति र सुरक्षाको लागि उत्तर कोरिया सबैभन्दा बाधक भएको बताएका हुन् ।
डोनाल्ड ट्रम्पको कार्यकाल अवधिभर उत्तर कोरियाको गतिविधिहरुको डटेर सामना गर्ने माईकले बताएका छन् । एशियाको १० दिने भ्रमणमा निस्किएका माईक उत्तर कोरियाको गतिविधि विरुद्द कडा अभिव्यक्ति दिंदै आईरहेका छन् ।
माईकको जापान भ्रमणको क्रममा अमेरिका संगको दोहोरो आर्थिक सम्झौताको बारेमा भने खासै छलफल नभएको जापानी अधिकारीहरुले बताएका छन् । खुल्ला व्यापार सन्धिको विषयमा अमेरिका र जापान विच सम्झौता हुन सक्ने झिनो आशामा जापान रहेको पनि जापानी अधिकारीहरुले बताएका छन् ।

जबकी राष्ट्रपति भईसकेपछी ट्रम्पले १२ वटा देश संगको खुल्ला व्यापार सन्धि अर्थात टिपिपि बाट हात झिकेका थिए । तर माईकले भने आफ्नो भ्रमण पछी जापान र अमेरिका विच व्यापार सम्झौता बारेमा आधिकारिक वार्ता गरेर निर्णयमा पुग्ने बाटो खुलेको बताएका छन् ।
जापानमा माईकले जापानी प्रधानमन्त्री शिन्जो आवे लगायत अन्य उच्च अधिकारीहरु संग भेट गरेका थिए । टोक्योमा रहेको प्राचिन बुद्दको मन्दिर, प्रख्यात पर्यटकीय स्थलहरु लगायत विभिन्न स्थानहरुमा माईकले सपरिवार अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?