उत्तरको असफल परिक्षण पछि जापान र दक्षिण कोरियाले दिए यस्तो प्रतिक्रिया

टोकियो । उत्तर कोरियाले आइतबार गरेको असफल व्यालिस्टिक क्षेप्यास्त्र परिक्षणको जापान र दक्षिण कोरियाले निन्दा गरेका छन् । उत्तर कोरियाले गरेको व्यालिस्टिक क्षेप्यास्त्रको परिक्षणबाट कोरियाली प्रायद्विपमा तनाव उत्पन्न भएको छ ।

जापानी विदेश मन्त्री फुमियो किशिदाले विज्ञप्ती जारी गर्दै उत्तर कोरियाले आतंक फैलाउन खोजेको बताएका छन् ।

उनले शान्तिपुर्ण समाधानका लागि विश्वलाई एक जुट हुन आग्रह समेत गरेका छन् । साथै मिसाइल प्रतिरक्षा प्रणालीको बीकासमा जापानले जोड दिएको पनि उल्लेख गरेका छन् ।

यस्तै दक्षिणी कोरियाली विदेशी मन्त्रीद्धारा प्रकाशित एक विज्ञप्तिमा उत्तर कोरिया पुनः संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदको नियमको उलङ्घन गरेको आरोप लगाएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान ६ः२० बजे उत्तर कोरियाको पूर्बीसहर सिन्पोबाट सो क्षेप्यास्त्र परिक्षण गरिएको दक्षिणी कोरियाली सरकारी स्रोतले जानकारी दिएको छ ।

उत्तरी कोरियाले परिक्षण गरेको यस असफल व्यालिस्टिक क्षेप्यास्त्र झण्डै एक हजार किलोमिटर टाढा सम्म प्रहार गर्न सक्ने क्षमता रहेको अमेरिकी सेनाले जनाएको छ । उत्तर कोरियाले बेला बेलामा यस्ता क्षेस्यास्त्र परिक्षण गर्दै आईरहेको छ ।

देशका संस्थापक नेता किम इल सुङको १०५ औं जन्मजयन्तीको अवसरमा प्योङयाङमा आईतबार भएको बृहत सैन्य शक्ति प्रदर्शनपछि सो क्षेप्यास्त्र परिक्षण गरिएको थियो ।

अमेरिकाका उपराष्ट्रपति मिके पेन्स एसिया भ्रमणको क्रममा आइतबार अबेर राति दक्षिण कोरिया पुग्ने छन् ।

उनले दक्षिण कोरियाको राष्ट्रपतिको समेत जिम्मेबारी सम्हाल्नु भएका प्रधानमन्त्री ह्वाङ क्योहनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दक्षिण कोरियाली नेताहरुसँग गर्न लागेको यस भेटवार्तामा बारम्बार हुने गरेको उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणको विषयमा पनि छलफल हुने सरकारी स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?