जापानी प्रधानमन्त्री आवे बेलायत, युरोप हुँदै रसिया भ्रमणमा जाँदै

जापान । जापानी प्रधानमन्त्री शिन्जो आवे यो महिना ६ वटा भिन्न राष्ट्रहरुको भ्रमणमा जाने भएका छन् ।अप्रिल महिनाको अन्त्यमा रसिया भ्रमणमा जानु अघि नै आवे बेलायत, डेनमार्क, फिनल्याण्ड, नर्वे र स्वीडेनको भ्रमणमा जाने भएका हुन् ।

युरोपका स्क्यानडेभियन ४ देशहरुको भ्रमण आवे प्रधानमन्त्री भैसकेपछिको पहिलो भ्रमण हो । अप्रिल २७/२८ तारिखमा आवे र पुटिन बीच रुसको राजधानी मस्को बैठक हुने तय भैसकेको छ ।

बेलायतमा आवेले  युरोपियन युनियन बाट बेलायत छुट्टीसकेपछीको अवस्था बारेमा बेलायतकी प्रधानमन्त्री थेरेसा मे संग छलफल गर्ने जनाईएको छ   ।

पछिल्लो महिना ब्रिटिस संसदभवन नजिकै भएको आतंकवादी हमलालाई मध्यनजर गर्दै आतंकवाद विरुद्द कसरि लड्ने भन्ने विषयमा पनि बेलायती प्रधानमन्त्री संग कुरा हुने जनाईएको छ ।

युरोपका चार देशका नेताहरु संग आवेले विकास र उत्तरी समुन्द्री बाटोलाई कसरि प्रयोग गर्ने र त्यहि बाटोलाई सबैभन्दा छोटो एशिया र युरोप जोड्ने बाटोको रुपमा विकास गर्ने विषयमा छलफल गर्ने बताएका छन्  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?