ट्रम्पलाई ३० मिनेट टेलिफोन गर्दै आबेले भने–अब चुप लागेर बस्दीन

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियामाथि लगाउने सम्भावित प्रतिवन्धलाई कडा पार्नेबारे जानकारी गराएका छन् ।
उत्तर कोरियाले पछिल्लो पटक फेरि द सि अफ दि जापानमा मिसाइल परिक्षण गरेसँगै दुई देशका शीर्ष नेताहरुबीच टेलिफोन वार्ता भएको हो ।
करिब ३० मिनेट भएको फोन वार्तामा आबेले अमेरिकाले उत्तर कोरियामाथि जस्तो कारबाही थाले पनि सहयोग गर्ने बताएका थिए ।
उनले उत्तरका कारण एसिया प्रशान्त क्षेत्रमा अस्थिरता बढेकाले अब आफु चुप लागेर नबस्ने पनि जानकारी गराए ।
जवाफमा ट्रम्पले राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि यस बारेमा छलफल गरिने बताउँदै जापानलाई तयारी अवस्थामा रहन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?