अरु सबै ठिक छ, अंग्रेजीले डुबायो जापानलाई

टोकियो । प्रविधि, विकास र विज्ञानमा जापानलाई उछिन्ने सामथ्र्य विश्वका अन्य देशहरुले सायदैराख्लान् । विश्व अर्थ तन्त्रमा पनि जापान तेस्रो ठुलो शक्ति हो । तर, प्रविधिसँगै विश्व भाषाका रुपमा रहेको अंग्रेजी भाषामा पनि विकास हुननसक्दा जापानलाई समस्या पर्ने देखिएको छ । जापानले सन् २०२० मा आयोजना गर्न लागेको ओलम्पिकमा भाषाको समस्या आउन सक्ने विज्ञहरुले दाबी गरेका छन् ।

विज्ञहरुले भाषाका कारण ओलम्पिकका समस्या आउन सक्ने भन्दै अंग्रेजी लभाषाको पठन पाठनलाई तिब्रता दिन सरकारलाई आग्रह गरेका छन् । जापान सरकाले अंग्रेजी भाषाको विकासका लागि शिक्षा क्षेत्रमा ठुलो लगानी गरे पनि प्रतिफल भने भेट्टाउन सकेको छैन ।

शिक्षा मन्त्रालयले सन् २०१८ मा कम्तिमा ५० प्रतिशत विद्यार्थीहरुलाई अंग्रेजी भाषामा पोख्त बनाउने लक्ष्य राखेको थियो ।

तर, हालै सार्वजनिक भएको तथ्यांक अनुसार गत वर्ष जम्मा ३६ प्रतिशल विद्यार्थीहरुले मात्र अंग्रेजी भाषा रुचाएका थिए । जुन सन्०१५ को भन्दा शुन्य दशमलव पाँच प्रतिशत मात्र बढी हो ।

यो तथ्यांक उच्च माध्यमिक तहका विद्यार्थीहरुले प्राप्त गरेको अंकका आधारमा तय भएको हो । यदी यस्तै अवस्था रहने हो भने सन् २०२० को ओलम्पिकमा अनुवादकका रुपमा विदेशीलाई ल्याउनुपर्ने अवस्था आउने विज्ञहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?