टोकियोमा रुपन्देही समाजले नयाँ वर्ष सांगीतिक साँझ अप्रिल १४ मा आयोजना गर्दै

टोकियो । रुपन्देही समाज जापानले ‘नयाँ वर्ष शुभकामना साँझ २०७४’ आयोजना गर्ने भएको छ । पशुपति गिरीको अध्यक्षतामा सम्पन्न समाजको वैठकले कार्यविभाजन सहित कार्यक्रम गर्ने निर्णय गरेको हो ।

मानव सेवामा समर्पित रहदै आएको समाजले नेपाल अपाङ् आश्रम बुटवलको सहयोगका लागि गर्न लागिएको सांगीतिक शुभकामना कार्यक्रम सफल पार्न खडक बस्नेतको संयोजकत्वमा विभिन्न उपसमितिहरु सहितको कार्यविभाजन गरेको छ ।

समाजले इन्द्र केसीलाई आर्थिक व्यवस्थापन समितिको संयोजकमा चयन गरेको छ । त्यस्तै गरी कलाकार यातायात व्यवस्थापन संयोजकमा काशिराम न्यौपाने र संचार तथा प्रचार प्रसार संयोजकमा खड्का स्वयम् रहेका छन् भने सह-संयोजकमा निरा केसी चयन गरेको छ ।

सांगीतिक कार्यक्रमका लागि नेपालबाट चर्चित आधुनिक तथा लोक गायक हेमन्त शर्मा, लोक दोहोरी गायिका मञ्जु पौडेल, हास्य कलाकार जितु नेपाल र पप गायक कमल के क्षेत्रीको वेजोड प्रस्तुती रहने समाजका अध्यक्ष गिरीले नेपाल सन्देशलाई बताए ।

आयोजक समाजले जापानका विभिन्न संघ संगठनका प्रमुख र जापानवासी नेपालीहरुलाई सहयोगका लागि अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?