जापानबाटै साउदी अबरका कम्पनीहरमा सेयर लगानी गर्न चाहनेहरुलाई अवसरै अवसर, भयो सम्झौता

जापान ।जापानको टोकियो सेयर बजारका सञ्चालनले साउदी अरबको सेयर बजार सञ्चालकसँगको सम्बन्ध मजबुत गर्न सहमति गरेका छन् । जापानी अधिकारीहरुले विश्वकै सबैभन्दा ठुलो तेल कम्पनी साउदी आरामको आफ्नो सेयर बजार टोकियोमा सुचिकृत गरेका छन् ।
जापान एक्सचेन्ज समुह तथा साउदी अरबको सेयर बजारको मुख्य कार्यकारुी अधिकारीहरुका बीय यस्तो सम्झौतामा मंगलबार साँझ हस्ताक्षर भएको हो ।
साउदी सेयर बजारका मुख्य कार्यकारी अधिकृत अबदुल्लाह अल हसनले यो सम्झौताले जापानसँग लामो तथा समृद्ध सम्बन्धको सुरुवात गरेको बताए ।

अब जापानबाट साउदी अरबको सेयर बजारमा लगानी गर्न सहज हुने छ । साउदीको सेयर खरिद बिक्रीका लागि अब जापानबाटै सम्पुर्ण काम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?