बोक्सीको आरोपमा हत्या गरिएकी परियारको परिवारर्लाइ आर्थिक सहयोग

जापान । सिर्जनशिल उत्पीडित समाज जापानले करिब चार महिना अघि बोक्सीको आरोपमा हत्या गरिएकी काभ्रेकी लक्ष्मी परियारको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लास्थित बाग्थली -७ निवासी परियारलाई बोक्सीको आरोपमा मलमुत्र खुवाई अमानविय ढङ्गबाट हत्या गरिएको थियो ।
उनको हत्यापश्चात टुहुरा बनेका परियारका छोराछोरीको अध्ययनमा सहयोग पुर्याउने उदेश्य सहित सिर्जनशिल समाज जापानले सहयोग रकम संकलन गरेको हो ।

समाजका अध्यक्ष गणेश रिजाल ‘चिन्तन’, सल्लाहकार तथा संयोजक हिरा रसाईली तथा सदस्य दिपक सुनारबाट संकलन गरिएको १ लाख २९ हजार ७ सय ६ यान जापान मनि एक्सप्रेश मार्फत बालबालिकाका अभिभावक तथा दलित महिलाकर्मी सरु सुनारको नाममा नेपाल पठाइएको छ ।

संस्थाका अध्यक्ष गणेश चिन्तनले संकलित रकम पत्रकार सम्मलेन आयोजना गरि टुहुरा बालबालिकाको बैंक खातामा जम्मा गरिने जानकारि दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?