जापान । पश्मिची जापानकाे एहिम प्रान्तस्थित मात्सुनाे शहरकाे एक भवनमा लागेको आगोमा परि तीन अशक्त नागरिकको मृत्यु भएको छ ।

आईतबार विहान आगो तात्ने क्रममा एक महिलाको घरबाट सल्किएको आगोले मात्सुनाे शहरस्थित अपांग नागरिक बस्दै आएको भवन जलेर नष्ट भएको हो ।
भवनमा लागेको आगोमा परि करिब ३० वर्ष उमेरका दुई पुरुष र ६० वर् वृद्ध महिलाको मृत्यु भएको हो ।
गैरसरकारी संस्थाद्धारा संचालित सो भवनमा मृत्यु हुने तिन सहित ८ जना अशक्त नागरिक बस्दै आएका थिए ।