मार्च १९ बाट जापानी प्रधानमन्त्री आबेको युरोप यात्रा, यस्ता छन् एजेण्डा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले यो महिनाको अन्त्यमा जर्मनी, फ्रान्स र इटालीको भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा यी देशका प्रमुखहरुसँग पछिल्लो विश्व राजनीति र सुरक्षा चुनौतिका बारेमा छलफल केन्द्रीत हुने छ । आबेले बुधबार सत्तारुढ दलका उच्च अधिकारीहरुसँग यस बोरमा छलफल गरिसकेका छन् ।

आबेले तीन युरोपीयन देशहरुको भ्रमण १९ मार्चबाट सुरु गर्ने बताएका छन् । उनले जि–७ औद्योगिक राष्ट्रका सदस्यहरुसँग जापानी लगानीका बारेमा पनि छलफल गर्नेछन् ।

आबेले उत्तर कोरियाको मिसाइल प्रणालीले देखापरेको विश्व सुरक्षा चुनौतिका बारेमा आफ्नो ध्यान केन्द्रीत गराउने छन् । आबेले जर्मनीको उत्तरी सहरमा मार्च २० मा हुने औद्योगिक मेलामा सहभागिता जनाउने छन् । जर्मन चान्सलर एन्जेला मर्केलको निमन्त्रणामा आबे उक्त मेलामा सहभागि हुन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?