सहिद परिवारका बालबालिकाको अध्ययनका लागि सहयोगार्थ जापानमा शुभकामना साँझ– २०७४ हुँदै

जापान । नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा जापानको टोकियोमा बृहत् सांस्कृतिक साँझको आयोजना गरिने भएको छ ।

अप्रिल १६ का दिन आयोजना हुने उक्त कार्यक्रमबाट उठेको रकम सहिद परिवारका बालबालिकाको पठन पाठनमा खर्च गरिने आयोजकले जनाउको छ ।

जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामाले परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदका बालबालिकाको पठन पाठनमा सहयोग गर्नका लागि साँस्कृतिक साँझको आयोजना गरिएको बताए ।

नेपालका ख्यातीप्राप्त कलाकारहरुले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती दिने छन् । कार्यक्रमलाई जेएमई रेमिट्यान्सले प्रायोजन गरेको छ । आयोजकले कार्यक्रममा उपस्थित हुन जापानमा रहेका सम्पुर्ण नेपालीहरुलाई आग्रह समेत गरेको छ ।

पवित्र कार्यका लागि कार्यक्रमको आयोजना गरिएकाले जापानबासी नेपालीहरुको उत्साहजनक सहभागिता रहने मञ्चको विश्वास छ । कार्यक्रम टोकियोदेखि नाकानो कु नाकानोस्थित २–९–७– नाकनो जिरो हलमा आयोजना गरिएको छ । उक्त दिन अन्य संघ संस्थाहरुलाई कार्यक्रम नराखिदिन पनि आयोजकले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?