यस्तो छ उत्तर कोरियाले एकै दिन जापानमा तीनवटा क्षेप्यास्त्र प्रहार गर्नुको खास कारण ?

टोकियो । पछिल्लो समय उत्तर कोरियाले कोरिया प्रायद्धिपमा तनाव मात्र निम्त्याएको छैन, उस्ले दिुई छिमेकी दक्षिण कोरिया र जनापान सँगै अमेरिकालाई पनि अफ्ठेरो पार्न खोजेको देखिन्छ ।

उस्ले केही महिनाको अन्तरमा क्षेप्यास्त्र प्रक्षेपण गर्दै यी तीन देशलाई तनाव दिन चाहेको देखिन्छ । अझ पछिल्लो समय त उत्तर कोरिया जापानप्रति निकै रुष्ट देखिएको छ ।

उस्ले सोमबार मात्रै जनापान लक्षित तीन क्षेप्यास्त्र प्रहार गर्यो । जुन जापान सागरको छेउछाउमा खस्यो । दक्षिण कोरियाले उत्तरले आफ्नो पूर्व तटमा सोमबार प्रतिवन्धित मिसाईल परीक्षण गरेको जनाएको थियो । यता जापानले तीन मिसाइल आफ्नो समुन्द्रमा खसेको जनाएको छ ।

उक्त मिसाइलले १ हजार किलोमिटर पर मार हान्न सक्ने जनाइएको छ । उत्तर कोरियाको यो कारबाही अमेरिका तथा दक्षिण कोरिया विरुद्धको संयुक्त सैन्य अभ्यास विरुद्धको प्रतिक्रियाको रुपमा हेरिएको छ ।

दक्षिण कोरियाई सेनाका एक अधिकारीले उत्तर कोरियाले स्थानीय समयअनुसार सोमबार विहान ७ बजेर ३६ मिनेटमा यो परीक्षण गरेको जनाएका छन् ।

अधिकारीका अनुसार कस्तो किसिमको परीक्षण हो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ । उत्तरले अन्तरिक्ष कायक्रमको तयारीका लागि यी परीक्षण गरेको जनाउँदै आएको भए पनि अमेरिका–जापान गठबन्धनका विरुद्ध हमलाका लागि वेलास्कि मिसाइल निर्माण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानले पनि अब उत्तर कोरिया विरुद्ध नयाँ रणनीति बनाउने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?