जापान आएका नेताले भने–निर्वाचन पछि नेपालमा स्थिरता आउँछ, लगानीका लागि तयार रहनुहोस

टोकियो । जापान भ्रमणमा रहेका प्रमुख तीन दलका प्रभावशाली नेताहरुले स्थानीय तह, संघ र प्रादेशीक चुनावपछि नेपालको राजनीतिक अवस्था परिवर्तन आउने र त्यसपछि देश विकासले गति लिने बताएका छन् ।

नेपाली जनसम्पर्क समिति जापान, प्रवासी नेपाली मञ्च जापान, जनप्रगतिशील मञ्च जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानले संयुक्त रुपमा आयोजना गरेको समसामयिक नेपालको राजनीतिक परिवेश र प्रमुख तीन राजनीतिक दलको भूमिका विषयक अन्तरक्रियामा नेताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले नेपालमा अब संक्रमण कालको लगभग अन्त्य भएकाले विकासको चरणमा अघि बढ्ने बताए । उनले जापानमा रहेका नेपालीहरुले आफूले सिकेका सिप अब नेपालमा लगानी गर्नुपर्नेमा जोड दिए ।

यस्तै नेकपा एमालेका पोलिट् व्यूरो सदस्य डा. गंगालाल तुलाधरले राजनीतिक स्थिरताको बाटोमा मुलुक अघि बढि रहेकाले लगानी मैत्री वातावरण बन्दै गइरहेको बताए । उनले वैदेशिक लगानीका लागि ठूलो प्रतिवद्धता आएको बताउँदै प्रवासमा रहेका नेपालीहरुले पनि लगानी बढाउनु पर्नेमा जोड दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा सभासद सन्तु दराईले जापानको विकासबाट नेपालले लाभ लिन सक्नेमा जोड दिए । साथै आफूले जापानमा सिकेका कुराहरु र जापानमा रहेका नेपालीहरुले नेपालको हितमा राखेका विषयवस्तुहरु आफ्नो नेतृत्व समक्ष राख्ने प्रतिवद्वता समेत जाहेर गरे ।

राजनीतिक दल, एनआरएनए जापान, सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा सम्पन्न अन्तरक्रियाको सभापतित्व जनसम्पर्क समिति जापानका कार्यवाहक सभापति राजेन्द्र जमरकट्टेलले गरेका थिए भने कार्यक्रम संचालन नेपाली मञ्चका महासचिव सुरेश केसीले गरेका थिए साथै कार्यक्रम बारे विषय प्रवेश प्रगतिशील मञ्चका उपमहासचिव बाबुराम पौडेलले गराएका थिए ।

पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?