जापान आएका नेताले भने–निर्वाचन पछि नेपालमा स्थिरता आउँछ, लगानीका लागि तयार रहनुहोस

टोकियो । जापान भ्रमणमा रहेका प्रमुख तीन दलका प्रभावशाली नेताहरुले स्थानीय तह, संघ र प्रादेशीक चुनावपछि नेपालको राजनीतिक अवस्था परिवर्तन आउने र त्यसपछि देश विकासले गति लिने बताएका छन् ।

नेपाली जनसम्पर्क समिति जापान, प्रवासी नेपाली मञ्च जापान, जनप्रगतिशिल मञ्च जापान र नेपाल आदिवासी जनजाती महासंघ जापानले संयुक्त रुपमा आयोजना गरेको समसामयीक नेपालको राजनीति परिवेश र प्रमुख तीन राजनीतिक दलको भुमिका विषयक अन्तरक्रियामा नेताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले नेपालमा अब संक्रमण कालको लगभग अन्त्य भएकाले विकासको चरणमा अघि बढ्ने बताए । उनले जापान रहेका नेपालीहरुले आफुले सिकेका शिप अब नेपालमा लगानी गर्नुपर्नेमा जोड दिए ।

यस्तै नेकपा एमालेका नेता गंगालाल तुलाधरले राजनीतिक स्थिरताको बाटोमा मुलुक अघि बढीरहेकाले लगानीमैत्री वातावरण बन्दै गइरहेको बताए । उनले वैदेशीक लगानीका लागि ठुलो प्रतिवद्धता आउको बताउँदै प्रवासमा रहेका नेपालीहरुले पनि लगानी बढाउनुपर्नेमा जोड दिए । यस्तै नेकपा माओवादी केन्द्रका नेता सन्तु दराईले जापानको विकासबाट नेपालले लाभ लिन सक्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?