
सुरूवाती लगानी १ करोड रहेको उक्त मार्टमा नेपाली र भारतीय उपभोक्ता केन्द्रीत छ । तर, अन्य देशका नागरिकहरुले पनि माटर्मा किनमेल गर्न आउने गरेमा निउरेले बताए । मार्टबाटै बिक्रि हुने गरेको र होम डेलिभरी सुविधा समेत दिइएकाले मार्टमा ग्राहकको आकर्षण बढीरहेको निउरेले बताए ।
दश वर्ष पहिला जापान आएको निउरेले कडा मेहनतका कारण आफु यो अवस्थामा आइपुगेको बताए । उनले नेपाली समुदायबाट सहयोग र सद्भाव पाइरहेकाले आफु सफल हुने विश्वास व्यक्त गरे ।
उनले आफ्नो जन्मभुमीमै व्यापार व्यावसाय गर्ने लक्ष्य लिएको पनि बताए । देशको तरल राजनीतिक अवस्था, राजनीतिक पार्टीहरुले अपारदर्शीं ढंगले चन्दा आतंक मच्चाउने लगायतका समस्याका कारण आफु तत्काल नेपालमा लगानी गर्न सक्ने अवस्थामा नरहे पनि भविष्यमा नेपालमै व्यावसाय गर्ने बताए । निउरेले जापानबाट नेपाल सैसा पठाउने जेनिथ रेमिटमा पनि लगानी गरेका छन् ।
