उत्तरकाेरिया विरुद्ध जापान, अमेरिका र दक्षिण काेरिया एक हुँदै

जापान । जापान,संयुक्त राज्य अमेरिका तथा दक्षिण कोरियाका प्रमुख कुटनितिज्ञहरुले दूर्इ साता अघि दुबईमा मारिएका उत्तर कोरियाका नेता किम जोङका साैतेनी भार्इ जोङ नामकाे हत्याबारे छलफल गरेका छन् ।

वाशिङ्गटनमा भएको भेटवार्ता क्रममा उनिहरुले उत्तर कोरियाको व्लास्टिक मिसाईल प्रक्षेपणमाथि पनि टिकाटिप्पणी गरेका थिए ।

जापानी विदेश मन्त्रालयका अधिकारी केनिज कानासुगी,उत्तर कोरियाका लागि संयुक्त राज्य अमेरिकाका विशेष दुत जोसेप्स युन तथा दक्षिण कोरियाका विशेष प्रतिनिधी होङ क्युनले संयुक्त रुपमा उत्तर कोरियाको उत्तेजनात्मक कदम पति विरोध जनाउदै अन्तराष्ट्रिय प्रयासद्धारा यस प्रकारको कदम रोक्ने प्रतिज्ञा लिएका छन ।

साथै उनिहरुविच किम जोङका भार्इ जोङ नामको हत्याले उत्तर कोरिया तथा चिनको सम्बन्ध माथि कस्तो प्रंभाव पार्छ भन्नेबारे छलफल भएको छ । कानासुगीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरकोरियाली कदमको अन्त्यका लागि अन्य विकल्पको प्रयोग गर्ने आश्वासन दिएको जानकारी गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?