
टोकियो । प्रदर्शन अघि नै सर्वाधिक चर्चा बटुलेको नेपाली चलचित्र लुट २ जापानका विभिन्न शहरमा प्रदर्शन हुने पक्का भएको छ । निश्चल बस्नेतको निर्देशनमा बनेको लुट २ को चर्चा चुल्लिएसंगै तोचिगीमा रहेका नेपालीहरुलाई लछित गर्दै प्रदर्शन गरिने भएको हो ।
ज्ञान कर्पोरेशन र एन.जी.एन ग्रुपको आयोजनामा तोचिगी बुन्का हलमा मार्च १२ तारिख ६ बजे प्रदर्शन गर्न लागिएको ज्ञान शर्माले बताए । लुट २ का लागि टिकट दर २००० जापानी येन तोकिएको छ ।
चलचित्र लुट २ को चर्चित ‘ठमेल बजार’ बोलको गीत १ करोड भन्दा बढी हेरिएको छ ।