जापानी नागरिकले गरे सगरमाथाको सरसफाई

काठमाडौं । ६७ औं प्रजातन्त्र दिवस तथा नेपाल जापान कुटनीति सम्बन्धी स्थापना भएको ६० वर्ष पुगेको अवसरमा जापानी नागरिकहरुले विश्वकै सर्बोच्च शिखर सगरमाथाको सरसफाई गरेका छन् ।

सगरमाथाको वेसक्याम्पदेखि कालापथ्थर र स्याङबोचेसम्मको क्षेत्रमा सरसफाई गरिएको थियो । सफाई गर्दा संकलन भएको फोहर तीनवटा हेलिकप्टरमा हालेर लगिएको थियो ।
जापानको उर्जा क्षेत्रमा काम गर्ने कम्पनी इसाका जापानको संयोजनमा सफाई कार्यक्रम गरिएको हो । दुई दिनसम्म चलेको कार्यक्रममा १५ जना जापानीहरुको सहभागिता रहेको अभियन्ता चिरञ्जिवी थापाले जापान सन्देशलाई जानकारी दिए ।
फोहोर संकलनका क्रममा अधिकांश प्लाष्टीकका झोला, बोतल तथा कपडाहरुको फोहर भेटिएको थियो । विश्वकै सबैभन्दा अग्लो सगरमाथाको सफाई गर्न पाएकोमा जापानीहरुले खुसी व्यक्त गरेका थिए ।
संकलन गरिएको तीन हेलिकप्टर फोहर आइतवार होटल माउण्ट भ्यूलाई आग्रह गरेर विर्सजन गरिएको छ ।

सगरमाथा सफाई अभियानमा सहभागि जापानीहरुले हिमाली क्षेत्रको वातावरण जोगाउनका लागि ती क्षेत्रको सरसफाईलाई पर्यटन उद्योगको एउटा प्याकेज बनाउन जरुरी रहेको सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?