जापानको सार्वभौमिकता माथि चीनको ठाडो उलङ्घन, पुनः चार चिनियाँ जहाज जापानी भूमिमा प्रवेश

जापान । जापानकाे सेन्काकु द्धिपस्थित सामुद्रिक बाटो हुदै शनिबार पुनः चार चिनीयाँ जहाज जापानी भुमिमा प्रवेश गरेका छन । जापानको नियन्त्रणमा रहेको  सेन्काकु द्धिपलार्इ  चिन र ताईवानले दावा गर्दै आईरहेका छन् ।

यो वर्ष मात्रै सेन्काकु द्धिपको बाटो हुदै चिनीयाँ जहाज जपानी भुमिमा प्रवेश गरेको पाँचौ पटक भैसकेको छ ।

जापानी तट रक्षका अनुसार शनिबार जापानी भुमिमा प्रवेश गरेका चिनीयाँ जहाज करिब १ घण्टा पछि फर्किएका थिए ।

जापान सरकारले चिनीयाँ जहाज जापानी भुमिमा प्रवेश गर्नु जापानको सार्वभौमता माथि चिनको ठाडो उलङ्घन भएको बताउदै  चिनको गतिविधी माथि विरोध जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?