शेर्पा संघ जापानले ग्याल्बो ल्होसार विशेष कार्यक्रम आयोजना गर्ने

जापान । शेर्पा संघ जापानले शेर्पाहरुको महान चाड मे मो च्यालो (चरा वर्ष) २१४४ को अवसर पारेर अागामी फागुन २१ गते  ग्याल्बो ल्होसार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । 

जापानकाे राजधानी टोकियोस्थित हामामात्सु स्टेशन नजिकैको मन्दिर रेष्टुरेष्टमा आयोजना हुने कार्यक्रममा जापानस्थित राजदूताबास,एनअारएन,आदिवासी जनजाति महासंघ जापान अन्तर्गत सबै जातीय संगठन, समाजसेवी तथा जापानवासी शेर्पा एवम गैरशेर्पा समुदायलाई आमन्त्रण गरिएको छ ।

शेर्पा संघ जापानका अध्यक्ष लाक्पा गेलु शेर्पाले ग्याल्बाे ल्होसार विशेष कार्यक्रमको अन्तिम तयारी भैरहेको जानकारी दिदै  शेर्पा तथा गैर शेर्पा सम्पुर्ण जापानबासी नेपालीहरूलाई कार्यक्रममा सहभागि भइदिन अपिल गरेका छन ।

टाेकियाेस्थित मन्दिर रेष्टुरेष्टमा विहान ११ बजेदेखि बेलुका ६ बजे सम्म अायाेजना हुने कार्यक्रममा शेर्पा समुदायको सांस्कृतिक पोशाक प्रदर्शन,सांस्कृतिक नृत्य, नेपाली पहिचान झल्किने विभिन्न नृत्यहरु सहित कलाकारहरुकाे सांस्कृतिक प्रस्तुति रहने छ ।

जापानमा आईपर्ने विभिन्न आपातबिपतमा आर्थिक तथा मानिय सहयोग गर्दै आएको शेर्पा संघ जापान, जापान सरकारको कानूनी दायरामा दर्ता भएका तथा जापानमा रहेका नेपालीहरुको पहलमा खोलिएका संस्थाहरु मध्ये सबैभन्दा जेठो संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?