उत्तर काेरिया विरुद्ध जापान र अमेरिका एक हुँदै

जापान । जापानका प्रधानमन्त्री शिन्जो आवे तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडास्थित ट्रम्पको निजी रिसोर्टमा एक संयुक्त वक्तव्य जारी गरेका छन ।

उत्तर कोरियाद्धारा लगातार मिसाईल प्रक्षेपण गर्नु विल्कुलै असह्य भएको बताउदै आवेले उत्तर कोरियाले संयुक्त राष्ट्र सुरक्षा परिषदको नितीलाई लत्याएको बताएका छन्।

आवेको भनाईलाई समर्थनलाई गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिका सदैव जापानको समर्थनमा उभिने बताएका छन ।

जापानका प्रधानमन्त्री आवेले राष्ट्रपति ट्रम्प जापानसंग सृदृढ तथा घनिष्ठ सम्बन्ध स्थापित गर्न सदैब तप्पर रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?