जापानमा अध्ययनरत चेतनको सम्झदै गरे है…(भिडियो सहित)

जापान । परदेशमा पुगेर के भो ? आफ्नो कला, संगितको जगर्नेना गर्नका लागि परदेशले छेक्दैन भन्ने उदाहरणहरु प्रसस्त छन् ।

यही बीचमा अध्ययनका क्रममा जापानमा रहेका एक जना नव कलाकारले आफ्नो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । जापानमा अध्ययनरत चेतन घर्ती मगरले आफ्नो पहिलो सांगितीक कोसेली ‘सम्झदै गरे है…’ सार्वजनिक गरेका हुन् ।

उनले चर्चित गायिका जमुना सनमसँग मिलेर पञ्चेबाजाको लयमा लोक दोहोरी गित बजारमा ल्याएका हुन् ।

सम्झिदैं गरे है, मनको कुरो खोलौंला त्यहीबेला बटौली झरे है बोलको गित म्युजिक भिडियो सनम क्रियशन प्रा. लि. ले बजारमा ल्याएको हो ।

कलाकार चेतनले आफ्नो पहिलो प्रयास निकै मेहनतका साथ सम्पन्न गरेको बताए । उनले आफुलाई हौसला दिन पनि सबैलदाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?