जापान । एशियाका विभिन्न देशमा जापानी शैलीमा अाधारित नर्सिङ सेवा सुविधालाई अभिवृद्धि गर्ने उदेश्यले जापान सरकारले आधारभुत निती नियमको निर्माण गरेको छ ।

साथै,जापान सरकारले एशियामा नर्सिङ सुविधा प्रदान गर्दै आएका जापानी नागरिकहरुलाई निजी तथा सार्वजनिक कोषको वित्तीय सुविधा समेत प्रदान गर्ने घोषणा गरेको छ ।
सरकारले टोकियोमा एक कार्यक्रमको आयोजना गरि नर्सिङ सुविधालाई बढाउने विभिन्न उपायमाथि छलफल गरेको थियो ।
कार्यक्रममा चिकित्सा तथा नर्सिङ क्षेत्रमा काम गर्दै आएका विशेषज्ञ,सम्बन्धित संगठनका प्रतिनिधी तथा नर्सिङ सुविधा प्रदान गरिरहेका निजी संघसंस्थाको उपस्थिती रहेको थियो ।
कार्यक्रमका सहभागी प्रतिनिधीहरुले एशियामा नर्सिङ सेवा सुविधामा सम्बन्धि अध्यापन गरार्इने नर्सिङ विद्यालयको स्थापना गर्ने याेजना बनाएका छन ।