निजी रिसाेर्टकाे भ्रमण गर्न अावेलार्इ ट्रम्पकाे निमन्त्रणा

जापान । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री शिन्जो आवेलाई फ्लोरिडा स्थित आफ्नो निजी रिसोर्टको भ्रमण लागि निमन्त्रणा गरेका छन । जापानका प्रधानमन्त्री शिन्जो आवे तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड  ट्रम्पले शुक्रबार  वासिङ्टनमा भेटवार्ता गर्ने याेजना बनाएका छन ।

प्रधानमन्त्री आवेकाे अमेरिका भ्रमणले संयुक्त राज्य अमेरिका तथा जापान विचको द्धिपक्षीय आर्थिक सम्बन्ध सृदृढ हुने विश्वास लिईएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आवेसंगको पहिलो वैठक पश्चात एयर फोर्स विमान मार्फत ह्वाट हाउसको भ्रमणमा जाने योजना बनाएका छन ।

साथै उनले ह्वाट हाउसमा रात्रिभोजको आयोजना गर्नु साथै आवे संग गल्फ खेल्ने योजना बनाएका छन । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकालाई ट्रान्स प्यासिपिक पार्टनरशिप टिपीपी सम्झौताबाट हटाउने कार्यकारी पत्रमा हस्ताक्षर गरिसेकेका छन ।

जापानका प्रधानमन्त्री आवे अमेरिकासंग टीपीपी सम्झौता हुन नसके पनि जापान -अमेरिका द्धिपक्षीय अार्थिक सम्झौताकाे उदेश्य सहित अमेरिका भ्रमणमा आएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?