नेपाली युवाले यसरी सुरु गर्दैछन् नयाँ सामाजिक सञ्जाल, यस्ता छन् फाइदा

जापान । नेपाली युवाहरुको प्रयासमा नयाँ सामाजिक सञ्जाल सुरु हुने भएको छ । आधुनिक प्रविधिको अधिकतम प्रयोगमा क्रियाशिल नेपाली युवाहरुले रेस्पेक्ट नामक नयाँ सामाजिक सञ्जाल सुरु गर्न लागेका हुन् ।

खास गरी नेपाल र जापानमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली युवाहरुको प्रयासमा रेस्पेक्ट नामक नयाँ सामाजिक संजाल सुरु हुन लागेको हो ।

यो सामाजिक सञ्जाल इन्टरनेटको माध्यमबाट मोबाइल तथा ल्यापटक र कम्युटरहरुमा चलाउन सकिने छ । यो विश्वभर चलाउन मिल्ने छ । यो सञ्जाल मार्फत् सूचना तथा व्यवसायिक प्रर्वदन दुवै गर्न सकिने छ ।

सञ्चालक राजिब श्रेष्डले यो एप्सबाट व्यवसायिक संस्थाहरुले सर्वसाधारणलाई जानकारी दिने र सर्वसाधारणले पनि यसको प्रयोग गरि सूचना र व्यवसायिक जानकारी लिन सक्ने मिल्ने बताए ।

यो सञ्जालमार्फत् सामाजिक कार्यमा संलग्न संघ संस्थाहरुले आफूहरुका बारेमा जानकारी दिन सक्ने उनले बताए ।

व्यवसायिक घरानाहरुले आफ्ना उत्पादनहरु, यसका फाइदा र पाइने स्थानसहितको जानकारी यो एप्स मार्फत् सार्वजनिक गर्न सक्नेछन् ।

यस्तै सामाजिक कार्यका लागि आवश्यक सहयोग आदान प्रदानका लागि पनि यो एप्स प्रयोगले सहजता हुनेछ ।

नेपाली युवाहरुको दुई वर्षको अथक प्रयासपछि यो एप्सले मुर्तता पाएको हो ।

रेस्पेक्ट सामाजिक संजालको सुरुवात र यसको प्रयोगका सन्दर्भमा सोमवार टोकियोमा पत्रकार सम्मेलन समेत गरियो ।

पत्रकार सम्मेलनमा संचालक श्रेष्ठले पहिलो चरणमा नेपाली, अँग्रेजी र जापानी भाषाबाट यो एप्स प्रयोग गर्न सकिने बताउँदै अन्य सामाजिक सञ्जाल भन्दा यो एप्स निकै फरक रहेको बताए ।

हाल चलिरहेका अन्य सामाजिक सञ्जालहरुमा पनि यसको लिंक राख्न सकिने र ति सँगै प्रयोग गर्न मिल्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?