जापान । जापानका सुरक्षा अधिकारीहरुले आपतकालिन अमेरिकी सैन्य हवाई अड्डाकाे स्थानान्तरणका लागि ओनिकावा प्रान्त स्थित सामुद्रिक तटमा जमिन खाली गर्न गरेको आदेशको विरोध गर्दै ओनिकावा प्रान्तका स्थानिय वासिन्दाले विरोध जनाएका छन ।

जापान सरकारले भने सोमबार विहानबाट ओनिकावा प्रान्तस्थित हेनो क्षेत्रको नागो शहर नजिकै सामुद्रिक तटमा अमेरिकी सैन्य अड्डाको निर्माणकार्य सुचारु गरेकाे छ ।
ठुलो परिमाण तथा योजनाका साथ निर्माण लागेको सैनिक अड्डाको विषयलाई लिएर ओनिकावाको प्रान्तिय सरकार तथा स्थानिय वासीले विरोध गरिरहेका छन ।
ओनिकावाका गभर्नर ताकेशि ओनागाले केन्द्रिय सरकार संगको विचार विमर्श विना निर्माण कार्य अगाडी बढ्न नदिने अडान लिएका थिए ।
साथै उनले जापानका प्रधानमन्त्री शिन्जो आवे अमेरिकाका रक्षा मन्त्री जेम्स मेटिससंग ओनिकावामा सैनिक अड्डा निर्माण गर्न सहमत हुनु खेदजनक भएको भन्दै सरकारकाे अालाेचना गरेका छन् ।
हालै जापानमा भ्रमणमा अाएका अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस तथा जापानी प्रधानमन्त्री शिन्जो आबेविच ग्रह आवासीय क्षेत्रमा अमेरिकी बेस क्याम्प निर्माणको सहमति भएको थियो ।