काेहाेकु शहरस्थित एक पाेल्ट्री फर्ममा बर्ड फ्लुकाे संक्रमण,७० हजार चल्ला नष्ट

जापान । जापानको सागा प्रान्तस्थित कोहोकु शहरकाे एक पोल्ट्री फार्ममा वर्ड फ्लु संक्रमण भेटिएका करिब ७० हजार चल्ला नष्ट गरिएको छ ।

शनिबार राति मृत अवस्थामा भेटिएका ४० वटा चल्लामा परिक्षण गर्दा वर्ल्ड ल्फुको संक्रमण देखिएको थियो ।सागाको प्रान्तिय सरकारले  मृत चल्लामा खतरानक एवियन इन्फ्लुएन्जा भाइरस भेटिएको पुष्टि गरेको छ ।

गत नोभेम्बर देखि हाल सम्म जापानका ६ वटा प्रान्तमा अवस्थित विभिन्न पोल्ट्री फार्ममा वर्ड फ्लुको संक्रमण भेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?