जापान । जापानी प्रधानमन्त्री सिन्जो आबेले ११ फेब्रवरीमा एक रिसोर्टमा गल्फ खेल्ने भएका छन् ।

जापानी प्रधानमन्त्रीको विशेष दुतका रुपमा वासिंंटनमा रहेका दुई जापानी अधिकारीहरुले ट्रम्पसँगको भेटवार्ताको कार्यतालिका र एजेण्डा मिलाइरहेका छन् ।
वासिंटनमा दुई नेताहरुका बीच राजनीतिक भेटवार्ता १० तारिकमै हुने सम्भावना रहेको ति अधिकारीले बताएका छन् ।
११ तारिकमा फ्लोरिडास्थित एक रिसोर्टमा दुई नेताका बीच गल्फ खेल्दै वार्ता गर्ने कार्यक्रम समेत बन्दै गरेको बीबीसीले जनाएको छ ।
वार्तामा एसिया प्शान्त्र क्षेत्रमा अमेरिकी लगानी, अमेरिकामा जापानी लगानी र जापानी कम्पनीहरुमा अमेरिकाले लगाउन लागेको करको दायराका बारेमा छलफल हुने छ ।