अमेरिकी विदेश मन्त्रीमा अनुमोदीत भए लगत्तै रेक्स टिलरसनलाई जापानको चासो

वासिङ्गटन । तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ र उनी अनुमोदीत भए लगत्तै सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै एसिया प्यासिफीक क्षेत्रको विकासका लागि जापानसँग सहकार्य गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

FILE – In this Friday, March 27, 2015 file photo, ExxonMobil CEO Rex Tillerson delivers remarks on the release of a report by the National Petroleum Council on oil drilling in the Arctic, in Washington. On Saturday, Dec. 10, 2016, President-elect Donald Trump moved closer to nominating Tillerson as his secretary of state, meeting privately with the business leader for the second time in a week. (AP Photo/Evan Vucci, File)

टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुन् । उनले विश्वव्यापी रुपमा देखिएको उर्जा संकट समाधानका लागि जापानसँग दिगो सहकार्य गर्न आफुहरु तयार रहेको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६४ बर्षीय टिलरसनलाई अमेरिकी सिनेटले विदेश मन्त्रीमा अनुमोदन गरेपछि अव ताजा विदेश निती अपनाइने बताएका छन् ।
विगतमा कुनै पनि सार्वजनिक पदधारण नगरेका टिलरसनलाई रुससँग निकट सम्बन्ध भएको भन्ने विषयमा आलोचना रहदै आएको छ । यद्यपी उनले रुस र जापानसँगको नयाँ ढंगको सम्बन्धले मजबुत अमेरिका निर्माण हुने बताउँदै आएका छन् ।

विशाल तेल कम्पनीका पूर्व प्रमुख टिलरसनले रुसी सरकारी तेल कम्पनी रोसनेफ्टसँग अर्बो डलर बराबरको व्यापारिक सम्झौता गरेका थिए ।

अमेरिकी सिनेटमा टिलरसनलाई अनुमादनको लागि भएको मतदानमा रिपब्लिकनहरुले उनको समर्थन गरेका थिए भने, अधिकांस डेमोक्र्याटले भने विरोध गरेका थिए ।
सिनेटमा ५६ भोट उनको पक्षमा परेको थियो भने ४३ भोट उनको विपक्षमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?