जापानमा रहेका मुस्लिम नागरिकहरू ट्रम्पकाे अादेशप्रति रूष्ट

जापान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी तथा  पश्मिची एशिया र अफ्रिकाका सात देशका नागरिकहरुमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरे पश्चात जापानमा रहेका मुस्लिम नागरिकहरू रूष्ट बनेका छन ।

राष्ट्रपति ट्रम्पले एशिया तथा अफ्रिकाका सात मुस्लिम देश (इरान, इराक, लिबिया, सिरिया, सोमालिया, सुडान र यमन) नागरिकहरुमाथि अमेरिकाको भिसा नदिने कार्यकारी आदेश दिएका थिए ।

करिब ६ वर्षदेखि जापानको टोकियो स्थित एक मस्जिदमा काम गरिरहेका पाकिस्तानी नागरिकले ट्रम्पको आदेशप्रति  विरोध जनाउदै अमेरिकामा कार्यरत पाकिस्तानका मुस्लिम नागरिकहरूकाे अवस्थाबारे चिन्ता प्रकट गरेका छन । उनले यस प्रकारको आदेशले विश्वभर मुसलमान विरोधी भावना उव्जने बताउदै  ट्रम्पको आदेश प्रति खेद प्रकट गरेका छन् ।

टाेकियाेमा अवस्थित साे मस्जिदले सिरियाको गैरसरकारी संगठनको साथमा द्धन्दग्रस्त सिरीयाली नागरिकहरुलाई खाद्यान्न तथा अन्य समाग्री पठाउने गर्दथ्यो ।

मस्जिदमा काम गर्दै अाएका पाकिस्तानी नागरिक हारुन कुरैशीले अमेरिका प्रवेशमा लगाइएकाे  प्रतिबन्धले अमेरिका प्रवेश गर्न चाहने नागरिकहरुमा भ्रम सिर्जना गरेकाे बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?