अमेरिकाले भन्यो– जापानको सहयोग विना अमेरिका अपुर्ण, जापानसँग सहकार्य नयाँ ढंगले

वासिंटन । अमेरिकी रक्षा सचिव जेम्स मेटिस अमेरिकी परिवर्तीत विदेश नीति र रक्षा प्रणालकिा बारेमा जानकारी गराउनका लागि जापान भ्रमणमा आउने भएका छन् ।

यो साता हुने उनको जापान भ्रमण लगत्तै दक्षिण कोरियाको भ्रमण हुने छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जेफ डेविसले मंगलबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै रक्षा सचिवको यो भ्रमणले जापान र अमेरिकाका बीचमा रहेको सुरक्षा सम्बन्धी विभिन्न खाले भ्रमहरुको अन्त्य हुने बताएका छन् ।

उनले जापान एशियाको शक्तिशाली राष्ट्र भएकाले अमेरिका जापानसँग सहकार्यका लागि तयार रहेको र आतंकवाद निर्मुल पार्नका लागि अमेरिकालाई जापानी सहयोग आवश्यक रहने र अब नयाँ ढंगबाट सहयोग आदान प्रदान हुने बताएका छन् ।
रक्षा सचिवले भ्रमणका क्रममा ओकिनावमा रहेको अमेरिकी सैन्य क्षेत्रको अवलोकन भ्रमण गर्ने सम्भावना पनि रहेको प्रवक्ताले बताएका छन् । उनले जापानी प्रधानमन्त्रीसँग भेटवार्ता हुने नहुनेबारे केही खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?