जापानी कुटनीतिज्ञ चियुन, जस्ले ६ हजार यहुदीलाई भिषासंगै नयाँ जीवन दिए

जापान । द्धितीय विश्वयुद्धका बेला तत्कालिन जापानी कुटनीतिज्ञ चियुन सुगीहाराको जीवन कहानीमा आधारित जापानी सिनेमा ईजरायलको जेरुसेलममा देखाइएको छ ।

उनले द्धितीय विश्वयुद्धको समयमा नाजी उत्पीडनमा परेका करिब ६ हजार यहुदीहरुलाई जापानको भिषा लगाई उत्पीडनबाट बचाएका थिए ।

जापानले अन्तराष्ट्रिय प्रलय स्मरण दिवसको अवसरमा आईतबार जेरुसेलममा सो सिनेमा देखाएको हो ।

उनले दोस्रो विश्व युद्धमा रुसले कव्जा गरेको उत्तरी द्धिपमा विचल्लीमा परेका ६ हजार यहुदीको उद्धार गरेका थिए । करिब दुई सय ईजरायली नागरिक सिनेमा हेरेपछि निक्कै भावुक बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?