फुकुओकामा रहेका नेपालीद्वारा चर्चित गीतमा कभर भिडियो निर्माण (भिडियो सहित)

 

जापान । विगत केहि समय देखि नेपाली चर्चित गीतहरुमा कभर भिडियो निर्माण गर्ने लहर नै चलेको छ ।

यसै क्रममा जापानको फुकुओकामा बस्दै आएका नेपाली युवाहरुले नेपाली चलचित्र ‘दुई थोपा आँशु’ मा समावेश गरिएको चर्चित गीत ‘डाली डाली फुल फुल्यो’ मा कभर भिडियो निर्माण गरेका छन ।

जापानको फुकुओकामा रहेका विभिन्न रमणीय स्थानमा छायंकन गरिएको सो गीतको भिडियोमा सुमन नेपाली तथा शुशिला गुरुङको अभिनय रहेको छ । ग्याम्जो लामाको सम्पादन तथा बाल थापाको निर्देशन रहेको गीतको भिडियोलाई बिक्रम पुर्जा तथा राजु माम्बाले खिचेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?